२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

विपद्लाई निमिट्यान्न गर्न सकिँदैन,न्यूनीकरणका लागि सबै एक हुनुको विकल्प छैन: अध्यक्ष नेपाल

जलवायु परिवर्तनको असर सबैभन्दा बढी महिला, बालबालिका र वृद्धवृद्धाहरुमा परेको भन्दै नेपाल रेडक्रस सोसाइटीले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ।

काठमाडौंमा हिट एक्शन डे (तातो हावा लु दिवस) को अवसरमा एक कार्यक्रमबीच रेडक्रसले लक्षित वर्गलाई मध्यनजर गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको हो । जलवायु परिवर्तनका कारण नेपालका विभिन्न स्थानमा लु बढेको भन्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले हिट एक्शन डेको अवसरमा बोल्दै रेडक्रसले जलवायु परिवर्तनका असरबाट कसरी बच्ने भन्ने उपायहरु आम मानिसमा बुझाउन आवश्यक भएको बताए ।  

कुनैपनि विपद्लाई निमिट्यान्न गर्न नसकिने भन्दै उनले न्युनिकरणका लागि आवश्यक पहल गर्न जोड दिए । हिट एक्शनका क्षेत्रमा सरकारको सहयोगीको रूपमा नेपाल रेडक्रस सोसाइटीले स्थानीय निकायहरूसँग समन्वय गरी प्रतिकार्यका विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको उनले जानकारी दिए । विश्वव्यापी समस्याको रुपमा रहेको तातो हावा लुको प्रतिकार्यका लागि सम्बन्धित सबै पक्षको सहकार्य र समन्वय अपरिहार्य रहेको उनको धारणा थियो ।

उनले  केन्द्र, प्रदेश र स्थानीय तह एवं सम्बन्धित सरोकारवाला निकायहरु मिलेर गएमात्रै समस्याको समाधान हुनसक्ने  बताए । रेडक्रकसले स्थानीय तहसँग मिलेर लु लगायत जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आवश्यक काम गरिरहेको बताए । उनले  तातो हावाको असरबाट बच्न रेडक्रसले आम नागरिकहरुलाई सचेत गराइरहेको जानकारी दिए । तातो हावाबाट बच्न सडकमा खटेका ट्राफिक प्रहरीसहित आम नागरिकलाई पनि सचेतना दिनुपर्ने आवश्यकता रहेको उनको धारणा थियो । जलवायु परिवर्तनको सबैभन्दा बढी असर विपन्न वर्ग र दैनिक जीवन यापनका लागि दिनहुँ बाहिर गएर काम गर्नुपर्ने मानिसमा परेको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले भने, ‘यो विश्वव्यापी जलवायु परिवर्तन र क्लाइमेट चेन्ज, ग्लोवल वार्मिङको कुरा हो । हिट वेबले अहिलेको हाम्रो जलवायु परिवर्तनले कस्तो असर गरेको छ ? यसबाट कसरी बच्ने, के उपाय हुन् भन्ने बारेमा हामीले काम गरिरहेका छौँ । हामीले यो कुरा साना बालबालिकाको स्तरसम्म पनि पुर्‍ याएका छौँ । हिट वेबले बालबालिका, वृद्ध, महिलाहरुलाई, श्रमीकहरुलाई धेरै असर गर्दछ । त्यसकारण हामीले यसबाट बच्न के गर्न सकिन्छ, कसरी बच्न सकिन्छ भनेर हामीले छलफल गरेका छौँ । कुनैपनि विपद्लाई हामीले निमिट्यान्न गर्न सक्दैनौँ । न्युनिकरण गर्नसक्छौँ । नेपाल रेडक्रस सोसाइटीले पनि अहिले विभिन्न किसिमका डिस्मिनेशन र इन्फरमेशन शेयरिङ र जनतालाई सचेत गर्नेकुरामा काम गरिरहेका छौँ । जलवायुसँग हामीले च्यालेन्ज गर्न सक्दैनौँ । न्युनिकरण गर्ने हो । विगतमा भन्दा अहिले हामी धेरे शतर्कता अपनाउने ठाउँमा छौँ ।’

उनले सचेतना फैल्याउनेहरुलाई पनि जटिलता रहेको भन्दै आफू बँचेर अरुलाई बचाउने काममा लाग्नुपर्ने बताए । उनले चिसोपानी, सर्वत पानी र यसबारेमा चेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए। नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले यी कार्यक्रमहरु रेडक्रसले स्थानीय सरकारसँग जोडिेर लगेको जानकारी  दिए ।नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगञ्ज, रुपन्देहीको सिद्धार्थनर, धनगढी र विराटनगरमा सिमान्तकृत समुदाय लक्षित गरी तातो हावाको लहर (लु) प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८१ १८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App