२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

विपद् व्यवस्थापन अभ्यासका क्रममा सेती नदीमा डुबेका सशस्त्र प्रहरी जवानको मृत्यु

क्याप्शन

विपद् व्यवस्थापन अभ्यासका क्रममा सेती नदीमा डुबेका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। सोमबार बिहान केदारस्युँ गाउँपालिका- ७ खिकीरीका २९ वर्षीय नरेन्द्रसिंह धामीको विपद् व्यवस्थापन तालिमको नमुना देखाउने क्रममा मृत्यु भएको हो।

जयपृथ्वी नगरपालिका वडा नम्बर ११ भोपुरनजिक सामुदायिक खानेपानीको मुहाननजिकै सेती नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार विपद् व्यवस्थापन तालिमको नमुना देखाउने क्रममा धामी सेतीमा डुबेर बेहोस भएका थिए। बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास (सिमुलेसन) गर्दा गर्दै उनी डुबेका थिए ।

सिमुलेसनका क्रममा उनी डुबेको प्रहरीले बताएको छ। उनलाई त्यसपछि जिल्ला अस्पताल बझाङ लगिएकोमा मृत्यु भएको हो।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङले जेठ २८ गतेदेखि विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम जिल्ला प्रशासन कार्यालय, जयपृथ्वी नगरपालिका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रुडुक, नेपाल रेडक्रस सोसाईटी, युनाइटेड मिसन टु नेपाल, वल्र्ड भिजन, प्रगतिशील युवा समाजको संयुक्त आयोजनामा भएको तालिमको नमुना देखाउने क्रममा उनको मृत्यु भएको छ। धामीका श्रीमती र दुई छोरा छन्।

प्रकाशित: २८ जेष्ठ २०८१ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App