२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

इजरायली राजदूत विपिन जोशीको घरमा, परिवारलाई ढुक्क हुन आग्रह

नेपालका लागि इजरायली राजदूत हनान गोडरको नेतृत्वमा एक टोली हमासको कब्जामा रहेका नेपाली युवक विपिन जोशीको परिवारलाई भेट्न कञ्चनपुर पुगेको छ।

आइतबार राजदूत गोडर र उनकाे टोलीले कञ्चनपुर पगेर विपिनको परिवारसँग भेट गरेका थिए। भेटमा राजदूत गोडरले विपिनकाे खोजी जारी राखेको जानकारी दिए।

उनले परिवारलाई विपिनको सकुशल उद्धारका लागि इजरायली सरकार प्रतिबद्ध रहेको आश्वासन पनि दिए।

गोडरले परिवारलाई ढुक्क रहन आग्रह गर्दै भने, ‘हामीले खोजी जारी राखेका छौं, ढुक्क हुनुहोस्, उहाँलाई सकुशल उद्धार गर्छौं। ’

विपिनको परिवारले राजदूत गोडरसँग विपिनको अवस्थाको बारेमा जानकारी मागेका थिए। उनीहरुले विपिनको रिहाइलाई पहिलो प्राथमिकतामा राख्न राजदूत समक्ष आग्रह गरे।

प्रकाशित: २७ जेष्ठ २०८१ २१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App