तीनकुनेको एक स्टोरमा आगलागी भएकाे छ। आगलागीमा परी २ जना घाइते भएकाे बानेश्वर प्रहरी वृत्तले जनाएकाे छ।
घाइते हुनेमा धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक– ६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ रहेकाे बानेश्वर प्रहरी वृत्तले जनाएकाे छ।
वृत्तका अनुसार उनीहरु दुवैजना स्टोरमा काम गर्ने रहेका छन्। घाइते दुवैजनाको अवस्था सामान्य रहेको र उनीहरुको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण प्रयास जारी रहेको प्रहरीले बताएको छ।
प्रकाशित: २३ जेष्ठ २०८१ १३:१९ बुधबार





