१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

साइकल चोरेको आरोपमा नाबालकसहित चार पक्राउ

साइकल चोरी गरेको आरोपमा पोखराबाट चार जना पक्राउ परेका छन्। कास्की प्रहरीले पोखराको जिरो किलोमिटरबाट चोरी गरेर राखिएका ६ वटा मोटरसाइकलसहित चार जनालाई नियन्त्रणमा लिएको हो।

पछिल्लो केही समयदेखि पोखरामा साइकल चोरीका घटनाहरू बढेपछि प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो। जसका लागि मातहतका कार्यालयहरूलाई निगरानी बढाउन निर्देशन दिइएको थियो।

परिणाम स्वरुप वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शुक्रबार पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरस्थित एक फर्निचर उद्योगबाट उनीहरुलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भई जिरोकिलोमिटरमा फर्निचर उद्योग सञ्चालन गर्दै आएका ५१ वर्षीय भीमसेन थामी, स्याङ्जा फेदिखोला गाउँपालिका–६ घर भई जिरो किलोमिटर बस्ने २४ वर्षीय मदन सुनार तथा सोही ठाउँका १४ र १७ वर्षीय २ जना बालकसहित जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

प्रहरीका अनुसार चोरीका साइकल किनबेच गरिरहेका समयमा उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी शर्माले बताए।

यसैबीच, कास्की प्रहरीले बरामद साइकल कसैको भए दाबी गर्नका लागि आग्रह गरेको छ। साइकल खरिद गरेको प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा दाबी पेश गर्न डिएसपी शर्माको आग्रह छ।

प्रकाशित: १९ जेष्ठ २०८१ १८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App