२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

मोरङमा आगलागी हुँदा ३२ लाखको क्षति

मोरङमा आगलागी हुँदा ३२ लाख बराबरको क्षति भएको छ। पथरीशनिश्चरे नगरपालिका–७ फाल्गुनन्द चोकका रेवतीप्रसाद सापकोटाको अंशु एण्ड अमिसा पसल तथा कोल्ड सेन्टरमा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। 

उनका अनुसार मंगलबार बिहान ३ बजेतिर पसलमा भएको आगलागी र कर्कटपाताको छानो र इँटा प्रयोग गरेर बनाइएको १ तले घरमा सापकाेटाले पसल थापेका थिए। 

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने बताउँदै, डिएसपी बस्नेतले भने, ‘के कारणबाट आगलागी भएको हो अनुसन्धानपछि मात्रै यकिन हुनेछ। आगोले पसलको गल्लाभित्र रहेको २ लाख रूपैयाँ नगद जलेको जानकारी पसल सापकाेटाले गराएका छन्।’

पसल सञ्चालन गरिएको घरसहित पसलभित्र रहेका सम्पूर्ण समान जलेर नष्ट हुँदा ३२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनकाे भनाइ छ। 

प्रहरी, स्थानीय र दमकलको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App