१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

कस्तो छ तपाईंको आजको राशिफल?

मेष राशिः मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। कामगर्दा विचार पुर्‍याएर गर्नु पर्नेछ। यात्रा गर्नु पर्दा दिनको सुरुमा नै गर्नु होला। साथीहरुबाट केही खर्च हुने योग देखिन्छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ।

वृष राशिः अध्यनार्थीका लागि पढाईमा रुची बढ्ने छ। उन्नति प्रगति हुने देखिन्छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। पराक्रमबाट कार्य सिद्धिमा सामान्य बाधा छ। उपलब्धीपूर्ण आर्थिक लाभ छ।

मिथुन राशिः आफन्तबाट धन व्यय हुने योग छ। प्रयास गर्दा नयाँ फल प्राप्त हुने देखिन्छ। जग्गा सम्बन्धी काममा अर्थ प्राप्तिको योग छ। साधारण रोग देखापरी स्वास्थमा वाधा आउला। यात्राको समय रहेको छ।  

कर्कट राशिः नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। सामान्य स्वास्थ्य समस्या देखा परेपनि उत्तरार्धमा केही सुधार देखिनेछ। पारिवारिक सदस्यहरु बीच शुभ सम्बन्ध् रहने छ।

सिंह राशिः व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। मित्रहरुबाट कार्यसिद्धिको योग रहेको छ। स्वास्थ्यका कारणले धन खर्च हुनेछ। व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ।

कन्या राशिः व्यापारको राम्रो फल प्राप्त हुने छ। पराक्रमबाट कार्यसिद्धि हुने योग छ। नयाँ कार्यमा बाधा केही आउने  छ। व्यर्थमा धन खर्च हुने समय छ।अध्ययनको क्षेत्रमा राम्रो छ। वाणी प्रभाव वढ्ने योग छ।

तुला राशिः व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। पारिवारिक  भेटघाटले मन प्रसन्न हुने देखिन्छ। राजनीतिमा सफलता मिल्नेछ। विदेश यात्राको योग रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।

वृश्चिक राशिः धार्मिक कार्य गर्नु शुभ छ। विद्यार्थीहरुका लागि अध्ययनमा रुचि बढ्ने छ। विभिन्न बिलासी सम्बन्धी व्यापारिक कामको फल राम्रो होला। यात्रामा फल प्राप्त हुने योग छ। समाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ।  

धनु राशिः उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न मिल्ने योग छ। आफ्नो क्षेत्रमा प्रभाव बढाउन सफल भइने छ। अग्रजमा सामान्य स्वास्थ्य समस्या देखा पर्न सक्ने छ। केही धनखर्च हुने समय देखिन्छ।  

मकर राशिः आफन्तहरुसँग शुभ भेटघाट हुने छ। जग्गा सम्बन्ध्ी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा शुभ  नै देखिन्छ। कार्यमा हिड्दा व्यर्थ व्ययहुन सक्ने हुँदा, जोगिनु होला । ज्ञानको क्षेत्रमा रुचि बढ्ने छ।

कुम्भ राशिः व्यापार व्यवसाय गर्नेहरुलाई  दिन राम्रो छ। देशिक यात्राको योग देखिन्छ। नवीन कार्यमा हात नहाल्नु राम्रो छ। स्वास्थ्यको बिषयमा केही व्यय हुने समय छ। जग्गा सम्बन्धी काममा फल प्राप्तिको योग छ।

मीन राशिः पारिवारमा सुमधुर सम्बन्ध रहने छ। विद्यार्थीका लागि पढाई दोहोर्‍याउनु पर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने योग छ। सामान्य लाभ हुने दिन रहेको छ। वाणी प्रभाव बढ्ने छ।

प्रकाशित: १३ जेष्ठ २०८१ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App