२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा १४ सय बढी मुद्दा फर्छ्यौट

पत्रकार सम्मेलनमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीसहरु। तस्बिर: अर्जुन ओली/नागरिक

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आइतबार प्रगति विवरण सार्वजनिक गरेको छ।

अदालतले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि बैशाख मसान्तसम्म १ हजार ४ सय २१ वटा मुद्दा फर्छ्यौट गरेको छ।

उक्त अवधिभित्र अदालतले १ हजार ४ सय ४६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको थियो । अदालतले साउन महिनामा ६८, भदौंमा १ सय १४, असोजमा ७२, कात्तिकमा ३३, मंसिरमा ८४, पुसमा १ सय ३, माघमा २ सय ३९, फागुनमा २ सय ८९, चैतमा २ सय २२ र बैशाखमा १ सय ९७ मुद्दा फर्छ्यौट भएको रजिस्ट्रार सरोजनिधि वाग्लेले जानकारी दिए।

अदालतले वार्षिक रुपमा १ हजार ८ सय ३२ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा हालसम्म ९८.२७ प्रतिशत प्रगति भएको उनले बताए। अदालतमा सबैभन्दा बढी रिट निवेदन ३ सय ७८ वटा दर्ता भएकोमा २ सय ८० वटा फर्छ्यौट भएका छन्।

यस्तै लागु औषध सम्बन्धी २ सय ५१ वटा मुद्दा दर्ता भएकोमा १ सय ४५ वटा फर्छ्यौट भएका छन् । अंश सम्बन्धी १ सय ७५ वटा मुद्दा दर्ता भएकोमा ७९ वटा मुद्दा फर्छ्यौट भएको रजिस्ट्रार वाग्लेले जानकारी दिए। यसै गरी करणी सम्बन्धी १ सय ५४ वटा मुद्दा दर्ता भएकोमा ८८ वटा फर्छ्यौट भएका छन्। चोरी सम्बन्धी १ सय ८ वटा मुद्दा दर्ता भएकोमा ५५ वटा फर्छ्यौट भएका छन्।

कर्तव्य ज्यान सम्बन्धी ९५ वटा दर्ता भएकोमा ६६ वटा फर्छ्यौट भएका छन्। ज्यान मार्ने उद्योग अन्तर्गत ६७ वटा दर्ता भएकोमा ४१ वटा मुद्दा फर्छ्यौट भएका छन्। सम्बन्ध विच्छेद सम्बन्धी ४७ वटा दर्ता भएकोमा २७ वटा मुद्दा फर्छ्यौट भएका छन्। त्यस्तै अन्य १ हजार २ सय २४ वटा मुद्दा दर्ता भएकोमा ५ सय ४० वटा मुद्दा फर्छ्यौट भएको रजिस्ट्रार वाग्लेले बताए।

पत्रकार सम्मेलनमा अदालतका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले वार्षिक लक्ष्य अनुसार अदालतले मुद्दा फर्छ्यौट गरेको बताए। अदालतमा धेरै कुरा आफूहरूले सुधार ल्याएको उनको भनाई छ। अदालतमा डिसिएम पद्धति लागु भएपछि काममा धेरै सहजता आएको मुख्य न्यायाधीश सारुले बताए। अदालतका आदेश कार्यान्वयन गराउन अनुगमन हुन नसकेको उनले सुनाए। 

प्रकाशित: ४ जेष्ठ २०८१ १९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App