२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम

सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ। 

बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने  तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरे।

नगरप्रमुख केसीले सङ्गीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताए। 

कला, संस्कृतिको संरक्षणका निम्ति नगरपालिकाले तालिम  सञ्चालन गरेको उनको भनाइ छ।

कार्यक्रममा नगरका उपप्रमुख ज्योति लामिछानेले महिलालाई गाउँघरमा बेलाबेलामा आयोजना हुने भजनकीर्त लगायत धार्मिक–सांस्कृतिक कार्यक्रममा मादल बजाउनसक्ने बनाउन तालिमको आयोजना गरिएको बताए।

तालिममा बेनी नगरपालिका भित्रका आमा समूह तथा महिलाले नेतृत्व गरेका सङ्घसंस्थाका ६० जना सहभागी भएका छन्।

तालिमको सहजीकरण कलाकार तथा वाद्यवादक दिनेश पुन र अमित विश्वकर्माले गरे। 

प्रकाशित: २ जेष्ठ २०८१ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App