१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कञ्चनपुरमा ग्याङ्ग फाइट, एकजना गम्भीर घाइते

कञ्चनपुरको एक होटलमा युवाहरुबीच एकआपसमा झगडा हुँदा एकजना गम्भीर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगरको सौर्य मम एण्ड सेकुवा सेन्टरमा सोमबार राति ग्राहक बनेर होटल पुगेका युवाहरुबीच एकआपसमा झगडा हुँदा भीमदत्त–१८ का २८ वर्षिय ओम जोशी घाइते भएका छन्। 

मदिरा पिएर एक आपसमा झगडा हुँदा जोशी घाइते भएका हुन्। जोशीलाई होटलको माथिल्लो तलाबाट धकेलेर भुँईमा फालिएको र उनलाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।  घाइते जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत लगिएको छ।

कुटपिटमा संलग्न फरार तीन जनाको खोजी भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

यस्तै,घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवतीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भैइरहेको प्रहरीले कञ्चनपुर प्रहरीले जनाएको छ। 

प्रकाशित: १ जेष्ठ २०८१ १०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App