१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने मौसम विभागको अनुमान, मौसमी घटना पनि बढ्ने

सांकेतिक तस्बिर

यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रममा पनि वृद्धि हुने उसको प्रक्षेपण छ ।  

यो मनसुनमा सरदरभन्दा बढी वर्षा र तापक्रम पनि सरदरभन्दा बढ्ने भएकाले मौसमी घटनामा पनि उल्लेख्य वृद्धि हुनसक्ने विभागको भनाइ छ ।  

राष्ट्रिय मनसुन फोरमले आगामी मनसुनी अवस्थाबारे सोमबार आयोजित कार्यक्रममा विभागका मौसमविद् सुदर्शन हुमागाईँले अधिकांश स्थानमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत अधिक वर्षा हुने सम्भावना रहेको जानकारी दिएका हुन्।  

कोशी प्रदेशको मध्य तथा मध्यपश्चिम भूभाग,बागमतीको दक्षिण पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भूभागमा बढी वर्षा हुनेछ । उक्त सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको विभागको बुलेटिनमा उल्लेख छ ।  

विभागले अधिकतम तापक्रम पनि अधिकांश स्थानमा ३५ देखि ६५ प्रतिशत बढी हुने सम्भावना औल्याएको छ। न्यूनतम तापक्रम पनि सरदरभन्दा ३५ देखि ६५ प्रतिशतसम्म बढी हुने अनुमान विभागको छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखसम्म कायम रहन्छ । तर मौसममा आएको फेरबदलले मुनसुनी चक्र पछाडी धकेलिँदै गएको छ । गत वर्ष पनि सरदर मितिभन्दा एक दिन ढिला गरी जेठ ३१ मा भित्रिएको मनसुन १३ दिन ढिलोगरी असोज २८ मा बाहिरिएको थियो । 

प्रकाशित: ३१ वैशाख २०८१ १५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App