५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अस्पताल बनाउन गुरुङले गरे ४१ करोड सहयोग घोषणा

भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणका लागि ४१ करोड सहयोग घोषणा गरेका छन्।

डा. भगवान् कोइराला नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पतालका लागि उनले सो सहयोग घोषणा गरेका हुन्।

कोइरालाको भनाइ सुनिसकेपछि गुरुङले अस्पताल बनाउन अब कति सहयोग आवश्यक पर्छ भनेर सोधेका थिए। कोइरालाले अहिलेसम्म उठेको रकम, प्रतिबद्धता आएको र नजुटेको सम्बन्धमा जानकारी गराएपछि गुरुङले भनेका थिए, ‘मैले तपाईंको यो प्रोजेक्टका लागि ४१ करोड रूपैयाँ सहयोग गर्छु।’

उनले यसअघि त्रिवि शिक्षण अस्पतालमा गरेको सहयोगको स्मरण गर्दै भने, ‘घरमा पनि सबैलाई यो कुरा नभनी यहाँ आएको थिएँ।’ 

प्रकाशित: २९ वैशाख २०८१ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App