२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुनसरी हरिनगर घटना: मेहतालाई कुटपिट गर्ने दुई जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा

पाँच जना अझै फरार, फरारको प्रहरीको विशेष टोलीद्वारा खोज कार्य जारी

दुई साताअघि सुनसरी हरिनगरमा एक युवालाई सामूहिक रुपमा निर्घात कुटपिट गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।

प्रहरीले हरिनगर वडा नं. १ का ४३ वर्षे दमाल मियाँ र वडा नं. २ का २२ वर्षे दिलसाद सिद्दकीलाई पक्राउ गरी ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

चैत २२ गते हरिनगर वडा नं. ३ का ३० वर्षे जीवन मेहतालाई सामूहिक रुपमा कुटपिट गरेको भोलिपल्ट चैत २३ गते हरिनगरको भूटाहामा दुई समुहबिच दोहोरो भिडन्त भएको थियो। मेहतालाई कुटपिट गर्ने समूहमा संलग्न अन्य पाँच जना फरार भएकाले गर्दा प्रहरीको विशेष टोली गठन गरी खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बताए। उनका अनुसार फरार भएकालाई पनि ज्यान मार्ने कसुरमै मुद्दा चलाइनेछ।

मेहता कुटपिटपछि दुई समूहबीच भिडन्त हुँदा पहिलो दिन चैत २३ गते २९ जना घाइते भएका थिए। त्यति बेला प्रहरीले स्थितिमा नियन्त्रणमा लिनका लागि ८० राउण्ड हवाई फायर र ४० राउन्ड अश्रृग्यास प्रहार गरेको थियो।

त्यसको दुई दिनपछि दुई पक्षीयको छलफलबाट सद्भाव ¥याली निकाल्ने तयारी हुँदै गर्दा एक्कासि एउटा समूहले आक्रमण गर्दा १५ प्रहरी घाइते भएका थिए। घटनालाई नियन्त्रणमा लिनका लागि केही दिनसम्म हरिनगर गाउँपालिकासँगै इनरुवा नगरपालिका तथा देवानगञ्ज, भोक्राहा-नरसिंह र  कोशी गाउँपालिका क्षेत्रमा कफ्यूँ आदेश आसपासका क्षेत्रमा कफ्यूँ आदेश जारी गरिएको थियो। 

घटनापछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधीको अगुवाइमा दुई पक्षीयलाई सामाजिक सद्भाव राख्न आग्रह गरिएको थियो। साथै, जिल्ला प्रशासन कार्यालयले दोषीलाई कारबाही गर्ने जनाएको थियो । यति बेला दुई पक्षीय संयमित भएर अघि बढेका छन्। हरिनगरसहित आसपासका क्षेत्रमा दुई पक्षीयबिच सद्भाव कायम भएको छ।

प्रकाशित: १२ वैशाख २०८१ १८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App