२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौं आइपुगे कतारका राजा

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन्।

उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन्।

नेपालको राजकीय भ्रमणमा आएका अमिर थानीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको छ।

मंगलबार उनले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रीभोजको आयोजना गरेका छन्।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपरान्ह कतार फर्किने छन्।

प्रकाशित: ११ वैशाख २०८१ १६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App