१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

क्रिकेटर सन्दीपको मुद्दाको अर्को पेशी वैशाख १६ गते

फाइल।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको अर्को पेशी वैशाख १६ गते आइतबार तोकिएको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासमा परेको उक्त मुद्दा आज हेर्न नभ्याइनेमा राखेर वैशाख १६ गतेलाई पेशी तोकिएको हो।

बलात्कार अभियोगमा दोषी प्रमाणित भएका लामिछानेले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलाविरुद्ध गत फागुन १० गते पुनरावेदन गरेका थिए।

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन।

अर्कातिर काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ। दुवै मुद्दाको सुनुवाइ एकै पटक हुने भनिएको थियो।

उच्च अदालत पाटनले यसअघि पीडित गौशाला २६ (छ) को जन्मदर्ताका लागि दिइएको निवेदनको सक्कल प्रतिसहितको जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश दिएको थियो।

काठमाडौँ अदालतले पनि यही कागजात झिकाउन तीन पटकसम्म आदेश थियो। त्यतिबेला गौशाला २६ ९छ० की आमाको जन्मदर्ता समेत झिकाउने आदेश अदालतले दिएको थियो।

प्रकाशित: १० वैशाख २०८१ १८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App