१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जनकपुरमा एक युवतीको जलेको शव फेला, घाइते बालिकालाई अस्पताल लैजाँदा बाटोमै मृत्यु

जनकपुरमा एक जना युवतीको जलिरहेको अवस्थामा शव फेला परेको छ। उनीसँगै जलिरहेकी घाइते अन्दाजी एक वर्षीय बालिकाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ। 
बुधवार राती जनकपुरधाम उपमहानगरपालिका–१६ कपलेश्वरनाथ मन्दिर देखि बेलौनी जाने बाटोको पोखरी डिलमा जलिरहेको अवस्थामा एक युवती र बालिकाको शव फेला परेको हो।

महोत्तरीको मनरासिसा नगरपालिका–२ कि २३ बर्सिया प्रियंका महतो र पहिचान खुल्न नसकेको एक वर्षीय बालिकाको शव फेला परेको धनुषाको प्रहरी प्रवक्ता एवं डिएसपी रञ्जन अवाले जानकारी दिए।

डिएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पहिचान गर्न नसकिने अवस्थामा युवतीको शव बरामद भएको छ। 

युवतीसँगै जलिरहेको अवस्थामा भेटिएकी बालिकाको उपचारको लागि प्रादेशिक अस्पतालमा लाग्दा चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक युवती र बालिकाबीच नाता खुल्न नसकेको प्रहरीले जनाइएको छ।  घटनाको विषयमा थप अनुसन्धानको मृतकको आफन्त बोलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

प्रकाशित: ६ वैशाख २०८१ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App