१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखरामा स्कारपियो र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते

कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन्।

पोखरा महानगरपालिका वडा नं ७ राष्ट्रबैंक चोकस्थित साराङकोटतर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो र मुस्ताङचोकतर्फ जाँदै गरेको बा १ च ८५१ नम्बरको माइक्रोबस आज बिहान ४ बजेर ४० मिनेटकाे समयमा राष्ट्रक बैंक चोकमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय कास्की डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए।

दुर्घटनामा माइक्रो बसमा सवार १४ जना चिनियाँ नागरिकमध्ये ८ जना घाइते भएका डिएसपी शर्माले बताए।

घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई गण्डकी मेडिकल कलेज उपचारका लागि लगिएको  प्रहरीले जनाएको छ।

स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राजकुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुलबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार स्कार्पियोमा चालक मात्र थिए।

यस्तै प्रहरीले दुवै  चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०८१ ०९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App