१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खाना खाई सुतेका पुरुषको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु

भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा बेलुका खाना खाई सुतेका एक पुरुषकाे उपचारका लागि आज बिहान अस्पताल लैजाँदा बाटैमा मृत्यु भएकाे छ। कैलाली गोदावरी नगरपालिका २ घर भएका वर्ष २६ का विनोद दियालको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक दियाल निकोसेराका श्रीराम धौबन्जारको चारतले पक्की घरको दोस्रो तलामा डेरा गरी बस्दै आएकी डडेल्धुरा अमरगढी नगरपालिका १ घर भएकी वर्ष २१ की कल्पना ऐरका पाहुना थिए। उनी एक हप्तायता ऐरको डेरामा बस्दै आएका थिए।

जिल्ला प्रहरीपरिसर भक्तपुरले जनाएअनुसार खाना खाई सुतेका उनी भोलिपल्ट बिहान अचेत अवस्थामा फेला परेका थिए। अचेत अवस्थामा भेटिएका उनलाई तत्कालै उपचारका लागि मध्यपुर ठिमी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

उनको शव पोस्टमार्टमका लागि के.एम.सी. दुवाकोट भक्तपुर लगिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी राजन कार्कीले बताए।

प्रकाशित: १ वैशाख २०८१ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App