१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हावाहुरी र वर्षाले फलफूलमा क्षति

गएराति आएको हावाहुरी र वर्षाले लिची र आँपमा क्षति पुर्‍याएको छ। साँझदेखि रातको १२ बजेसम्म वर्षासँगै आएको हावाहुरीले भर्खर फल लाग्दै गरेको आँप र लिचीमा क्षति पुर्‍याएको किसानले बताएका छन्।

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, मोथ्याई, चौदण्डी गढी नगरपालिकाका हाँडिया, सुन्दरपुर र बेलका नगरपालिकाका पुरन दह, भागलपुरसहित आम्बासी क्षेत्रका आँप तथा लिचीमा सामान्य क्षति भएको किसानको भनाइ छ।

त्रियुवा– १ जोगिदहका किसान देबलाल चौधरीका अनुसार गएराति ८ बजेदेखि ११ बजेसम्म वर्षासँगै आएको हावाहुरीका कारण आफ्नो बगैँचाको लिची र आँपका साना फल झरेका छन्। ‘अचानक आएको हावाहुरीका कारण आँप र लिचीका १० प्रतिशत फलमा  क्षति भएको छ’, उनले भने।

बेलका नगरपालिकाको भागलपुर र आम्बासी क्षेत्रमा समेत हावाहुरीका कारण फलफूलमा सामान्य क्षति भएको आम्बासीका किसान नरेन्द्र खड्काले जानकारी दिए। -रासस

प्रकाशित: ३० चैत्र २०८० १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App