२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नुहाउने गएकी बालिकाको पोखरीमा डुबेर मृत्यु

रौतहटको वृन्दावनमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। सोमबार दिउँसो २ बजे पोखरीमा नुहाउन पुगेकी बालिकाको डुबेर मृत्यु भएको हो।

रौतहटको वृन्दावन नगरपालिका १ विश्रामपुरमा करिब दुई बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा स्थानीय हुलास बैठकी करिब १३ वर्षकी छोरी निरञ्जनकुमारी बैठाको डुबेर मृत्यु भएको हो। पोखरीमा नुहाउने क्रममा अचानक पानीमा डुबेको र पानीबाट ननिस्केपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सशस्त्र सुरक्षा बेस सन्तपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक यमबहादुर वलीको नेतृत्वमा घटनास्थलमा पुगेको ९ जनाको टोलीले पोखरीमा खोजतलास गर्ने क्रममा बालिकाको शव फेला पारेको थियो।

बालिकाको शवलाई पोस्टमार्टमका लागि प्रक्रिया पूरा गरिएको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ।

प्रकाशित: २६ चैत्र २०८० १८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App