२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेशनल मेडिकल कलेजमा छापा : एमडी अंसारी र ल्याब टेक्निसियन पक्राउ

पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेल र अनुगमन टोली, पक्राउ परेका एमडी र ल्याब टेक्निसियन।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा मारेको छ।

मेडिकल कलेजमा म्याद गुज्रिएको औषधी फेला परेपछि कलेजका एमडी सहनाज हुसौन अंसारी र ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशाला (ल्याब) मा महानगरका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुरको नेतृत्वमा खटिएको अनुगमन टोलीले छापा मारेकाे हो।

उप‍-मेयर इम्तियाज आलमको नेतृत्वमा रहेको सो टोलीले छापामारीको क्रममा सन २०२१ र २०२२ सम्मको म्याद सकिएको औषधी फेला परेको ठाकुरले बताए।

प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापामारी गरेको पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले नागरिक न्युजलाई जानकारी दिए।

उनका अनुसार ल्याबमा छापामारी गर्दा म्याद नाघेको (डेट एक्सपायर) केमिकलहरु बरामद भएको छ। बरामद सबै केमकिलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीले जनाएको छ।

प्रकाशित: २६ चैत्र २०८० १५:२४ सोमबार