भिसाको अवधि सकिएपछि पनि नेपाल बसिरहेका दश बंगलादेशी नागरिक पक्राउ परेका छन्।
विभिन्न मितिमा नेपाल प्रवेश गरेर गैर कानुनी ढंगले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरुलाई काठमाण्डौंको सोह्रखुट्टे, ठमेल एरियाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक एवं प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा बंगलादेशी नागरिक ३३ वर्षीय अनिसुर रहमान, २३ वर्षीय अब्दुल्ला, २१ वर्षीय इमामुल हुसेन, २६ वर्षीय हफिजुर रहमान, २० वर्षीय सोजिब हुसेन, २४ वर्षीय सैफुल इस्लाम, ४१ वर्षीय बिलाल हुसेन, ४२ वर्षीय सलिम, २७ वर्षीय नासिर उद्दीन र ४० वर्षीय इसिन खान रहेका छन्। पक्राउ परेका सबै बंगलादेशको ढाका निवासी हुन्। सबै काठमाडौंकाे सोह्रखुट्टे बस्दै आएका थिए।
उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको उपरीक्षक रेग्मीले बताए।
प्रकाशित: २५ चैत्र २०८० १८:१२ आइतबार





-600x400.jpg)