२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ललितपुरको मेटल उद्योगमा आगलागीबाट मृत्यु भएका व्यक्तिको परिचय खुल्यो

ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

मृतकका परिवारले उनको शव पहिचान गरेका हुन्। पहरी सोही कारखानामा काम गर्दै आएका थिए। आगलागीबाट १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताए। विद्युत् चुहिएर आगलागी भएको हो। आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ। रासस

प्रकाशित: २५ चैत्र २०८० १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App