२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

म्याग्दीको जलेश्वरमा बस दुर्घटना: २७ घाइते, ४ को अवस्था गम्भीर

म्याग्दीको बेनीबाट पर्यटकीय क्षेत्र घोडेपानी जाँदै गरेको बस जलेश्वरमा दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।

बेनी–गलेश्वर सडक खण्डमा पर्ने  जलेश्वर नजिकै ग.१ ख.५६५५ नम्बरको बस दुर्घटनामा घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

उनीहरूलाई थप उपचारको लागि पोखरा ल्याइएको छ।  अन्य सामान्य घाइते भएकाले बेनी अस्पतालमा नै उपचार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए।

उनका अनुसार, सडकबाट डिलतर्फ मोडिन लागेको बसलाई चालकले कुनातर्फ मोड्न खोज्दा बस कुनातर्फको पहाडमा ठोक्किन पुगेर दुर्घटनामा परेको हो। दुर्घटनामा परेकाहरूको सुरक्षाकर्मी,यातायात व्यवसायी र सर्वसाधारणले उद्धार गरेर अस्पताल पु¥याएका थिए।

प्रकाशित: २३ चैत्र २०८० १८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App