२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुनसरीमा झडप जारी, १५ प्रहरी र ९ जना सर्वसाधरण घाइते

सुनसरीको हरिनगर गाउँपालिका– १ भुटाहामा दुई समूहबीचको झडप जारी छ।

उक्त झडपमा अहिलेसम्म १५ प्रहरी र ९ जना सर्वसाधरण घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए।

बिहीबार हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकमाथि निर्घात कुटपिट भएको थियो। सोहि घटनालाई लिएर शुक्रबार झडप भएको हो।

झडपले उग्ररुप लिएपछि प्रहरी हवाइ फायर गरेको छ भने अश्रूग्यास पनि प्रहार गरेको छ।

सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले आज मध्याह्न  १२ बजेदेखि  लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेका छन्। 

प्रकाशित: २३ चैत्र २०८० १४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App