२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

गायक राजेशपायलसहित अन्य तीनलाई 'सम्झाई बुझाइ' गरेर छोड्यो प्रहरीले

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका गायक राजेशपायल राई सहित अन्य तीन जनालाई प्रहरीले सम्झाई बुझाइ गरेर छाेडेकाे छ।

राईसहित तीन जनालाई बिहीबार बिहान ११ बजेतिर छाडिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए। 

राईसहित तीन जनालाई नयाँ बानेश्वरस्थित मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो।

राईसहित पक्राउ परेका अन्य तीन जनालाई समेत सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाएको डीएसपी बुढाथोकीले जानकारी दिएका हुन। 

प्रकाशित: २२ चैत्र २०८० १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App