१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कुलो खन्न गएकी महिलाको मृत्यु

वन डढेलोमा परी गम्भीर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ।

बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्।

कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो। उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो। उनको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए। रासस

प्रकाशित: १६ चैत्र २०८० ०८:२२ शुक्रबार

वन डढेलो गम्भीर घाइते एकजना महिलाको मृत्यु जङ्गलमा लागेको आगो शिखर नगरपालिका