१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

१२ वर्षे फूलचोकीमाई दर्शन १७ गते हुने

श्री हरिसिद्धि भवानीको १२ वर्षे पर्व फूल्चोकी माई दर्शन १७ गते हुने भएको छ। बिहीवार ललितपुरमा पत्रकार सम्मेलन गरी श्री हरिसिद्धि भवानी १२ वर्षे फूलचोकी माई पर्व सञ्चालन समितिले यसबारेमा जानकारी गराइएको हो।  

शनिवारका दिन बिहान ४ बजे हरसिद्धि भवानीको प्राङ्गणमा भेला भई हरिसिद्धि भवानीका पुजारीहरूद्वारा पुजासामग्री,काहा बाजा, धिमे बाजासहित सबै भक्तजनहरूले कोपुली नौधारा मन्दिरमा पुजागरी फुल्चोकीमा गएर फुल्चोकी माईको पुजागरी हरसिद्धि भवानी १२ वर्षे सिद्धि दनेगु कार्य औपचारिक रूपमा सम्पन्न हुनेछ।

पूजापछि गोदावरीको हरसिद्धि चौर (जल ख्यः) मा हरसिद्धि भवानीको प्रतिक स्वरूपको पुजा कलश विराजमान गरी पुजारीहरूलाई प्रसाद ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ।  

यस्तै,पत्रकार सम्मेलनमा जानकारी दिँदै ललितपुर महानगरपालिका, २८ का अध्यक्ष वीरेन्द्र महर्जनले भने,‘हरेक वर्ष हरिसिद्ध भवानीको नाच देखाइन्छ, उक्त नाच योमरी पुन्ही, फागु पूर्णिमाको दिन दिनभर देखाइन्छ भने दशैँको दिनमा समेत एक पटक देखाइन्छ। हरिसिद्धि भवानीको नाच विक्रम संवत १००३ देखि प्रचलनमा आएको मानिन्छ । हरिसिद्धि नाच नेपालको पहिलो मुकुण्डो नाच पनि हो। यस पटक प्रत्येक १२ वर्षमा नाच धुलीखेल, दोलखा, पशुपति, पनौतीमा देखाउने कार्य सम्पन्न भइसकेको छ।’

सरकारी पूजागरी क्रमवद्धरूपमा श्रद्धालु भक्तजनहरूको पूजा (छायछी) गरी विभिन्न साँस्कृतिक बाजा खलःहरूलाई भोज खुवाउने कार्यक्रम पनि रहेको र बाडेगाउँस्थित जलःगामा द्यो लिछोया थैबको जलः चपाको बाटो भई हरिसिद्धिको वपी टोलको ढोकाबाट निःब हुँदै हरिसिद्धि भवानीको प्राङ्गणमा पुगे पश्चात १२ वर्षे मेला सम्पन्न हुनेछ।  

प्रकाशित: १५ चैत्र २०८० १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App