१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकल पसलमा आगलागी हुँदा ६ करोड बढीको क्षति

रौतहटको एक मोटरसाइकल पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ।

जिल्लाको गरुडा नगरपालिका-४ स्थित मेनरोडमै रहेको कुशवाहा इन्टर प्राइजेजमा सोमबार राती विद्युत् सर्ट भई आगलागी भएको हो।

मोटरसाइकल पसलका साथै मर्मत पसलका र आडैमा रहेको भण्डारण घर समेतमा आगलागी हुँदा करिब ६ करोडभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

सोमबार होली खेल्न सबै गाउँ गएको बेलामा राति विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने प्रहरीकाे अनुमान छ। दाजु दिलीप कुशवाहाको घरमा भाइ रणधीर कुशवाहाले विगत सात वर्षदेखि कुशवाहा इन्टरप्राइजेज संचालन गर्दै आइरहेका थिए।

आगलागीको सूचना पाउनसाथ इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोली, स्थानीयवासी, गौर, चन्द्रपुर र बाराको निजगढ नगरपालिकाको समेत गरी तीन वारुणयन्त्रले आगोलाई निकै कठिनाइपूर्वक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट चार तले घर, १२ थान मोटरसाइकल, विभिन्न स्पेयर पार्टस लयागत अन्य सामाग्री जलेर खरानी भएको छ।

प्रकाशित: १३ चैत्र २०८० २०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App