१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल-भारतका सुरक्षाकर्मीले एकसाथ मनाए होली

सीमा क्षेत्र रक्षार्थ खटिएका नेपाल र भारतका सुक्षाकर्मीहरुले एकसाथ फागुपर्व मनाएका छन्।

मंगलबार बिहान धनुषाको खजुरीस्थित दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरू एक  आपसमा होलीका रंग तथा शुभकामना साटासाट गरी हर्षोल्लासका होली पर्व मनाएका हुन्।

सशस्त्र प्रहरी बल नेपालको आमन्त्रणमा भारतीय सशस्त्र सीमा बलका प्रहरी टाेली होली उत्सत्वमा सहभागी भएका थिए। उनीहरुलाई सीमा क्षेत्रका अन्य स्थानीयले पनि साथ दिए।

‘चाडपर्वहरूमा हामी परिवारसँग टाढा भएपनि सङ्गठनलाई नै परिवार मानेका छौं र यस्ता पर्वहरूसँगै मनाउन पाउँदा हामी हर्षित छौं’ सशस्त्र प्रहरी बल नेपाल नम्बर दुई छिन्नमस्ता बाहिनीका प्रमुख एवं नायव महानिरीक्षक दीपेन्द्र साहीले भने।

उनले यसरीसँगै चाडपर्व मनाउँदा मनमा एक्लोपन महसुस नहुने उल्लेख गरे। ‘यसले देश र जनताको सुरक्षाको लागि काम गरौँ भन्ने भावना मजबुत हुन्छ। असत्यमाथि सत्यको जित नै होली पर्वको मूल मर्म हो।’ उनले भने।

भारतीय सशस्त्र सीमा बलका कमान्डर गोविन्द सिंह भण्डारीले शुभकामना मन्तव्य दिँदै भने ‘नेपाल र भारतबिच रोटीबेटीको सम्बन्ध छ। धार्मिक संस्कृति सम्बन्ध पुरानो छ। दुवै देशका नागरिकबिच पनि उस्तै सम्बन्ध छ। यस्ता कार्यक्रमले हामी सीमामा खटिएका सुरक्षाकर्मीबिच प्रेमको रंग थपिएको छ।’

दुवै देशका सुरक्षाकर्मी र नागरिकबिच सम्बन्ध थप सुमधुर बनोस् भन्ने उद्देश्यले  शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको सशस्त्र प्रहरी नम्बर ८ का गणका गणपति एसपी दर्शन गिरीले बताए।

प्रकाशित: १३ चैत्र २०८० १८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App