१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काट्ने तयारीमा रहेको गहुँबाली असिनाले सखाप

फाइल तस्बिर।

असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको बालीमा क्षति पुगेको छ। आज बिहान परेको असिनापानी र हुरी बतासले महोत्तरीको दक्षिण पश्चिमी भेगमा गहुँ, जौ, अरहर (रहरी) र वैशाखी तरकारी बालीमा नोक्सान गरेको हो।

जिल्लाका भारतीय सीमावर्ती सोनमा, सम्सी, मनराशिवा, गौशाला, औरही, रामगोपालपुर र बलवासहितका स्थानीयतहका बस्तीमा हुरीबताससँगै असिनापानी परेको थियो। 

दुई/चार दिनभित्रै काट्ने तयारीमा रहेको गहुँबाली असिनाले चुटेर खेतमै लडाएको रामगोपालपुर–३ का मोहम्मद कादिर हुसैनले बताए।

असिनापानीले गहुँबालीमा सबैभन्दा बढी क्षति पुगेको छ। यसैगरी जौ, मुसुरो, चना र रहरी असिनाले चुटेर झारेको किसानको भनाइ छ। फर्सी, लौका र घिरौँलाजस्ता लहरे तरकारीमा क्षति पुगेको सोनमा गाउँपालिकाको खैरवनीका रामप्रताप यादवले बताए।

असिनापानी र हुरी बतासले भङ्गाहा र एकडाराको पश्चिमतर्फको भेगमा पनि क्षति पुर्‍याएको छ। महोत्तरीमा पाँच दिनयता पानी परिरहेको छ। लामो समयपछि पानी पर्दा बालीनालीलाई राहत मिलेको भए पनि असिनापानी र हुरी बतासले किसानलाई ठूलो क्षति पुर्‍याएको छ। रासस

प्रकाशित: १३ चैत्र २०८० १५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App