१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौँमा २ बजेपछि छिटफुट वर्षा हुन सक्छ!

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ठूलो वर्षा हुने सम्भावना नरहेको बताएको छ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले मौसम बदली रहेपनि दिउँसो २ बजेपछि काठमाडौँ उपत्यकामा आकाश धुम्म हुने र हल्कादेखि छिटफुट वर्षा हुन सक्ने सम्भावना रहेको बताएकी छिन्।

उनले प्रि मनसुन भएका कारणले अन्य समयमा पनि दिउँसो पछि हल्कादेखि छिटफुट वर्षाको सम्भावना रहेकाले आत्तिन नहुने पनि बताइन्।

उनले मध्यम वा ठूलो पानी पर्ने सम्भावना नरहेकाले उपत्यकाबासीले खुला ठाउँमा भेला भएर होली खेल्न सक्ने पनि बताइन्।

यस्तै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भइ पानी पर्ने सम्भावना रहेको उनले बताइन्।

उनका अनुसार हिजो अस्तीको तुलनामा आज मौसम केही सफा हुने भएपनि रातिदेखि पुनः बदली भएर वर्षाको सम्भावना रहेको छ।

अहिले नेपालमा पश्चिमी वायूको प्रभावसहित स्थानीय वायुको प्रभाव तथा भारतको उत्तर पूर्वआसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर आशिंकदेखि मुख्यतया बदली छ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भुभागका थोरै स्थानहरु र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०८० १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App