१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वसन्तपुरमा होलीको रौनक सुरु, चीर पूजा गर्नेको भीड

वसन्तपुरमा होलीको रौनक सुरु भएको छ। आइतबार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ।आज काठमाडौं उपत्यकासहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरु भएको छ। वसन्तपुरमा होली मनाउनका लागि मानिस जम्मा भइरहेका छन्।

चीरमा पूजा गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ। एकअर्कामा रङ दलेर खुसीयाली साटासाट गरेर होली मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ। 

आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ। नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ। 

प्रकाशित: ११ चैत्र २०८० ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App