१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बियरको पैसा तिर्ने विषयमा विवाद हुँदा एकजनाको हत्या

धनुषामा एकजना युवकको घाँटीमा चक्कु प्रहार गरी हत्या गरिएको छ। बुधवार राति साथीहरूसँग रक्सी खान गएका जनकनन्दनी गाउँपालिका–२ का १८ वर्षीय कैफ नदाफको हत्या गरिएको हो।

उनको हत्या आरोपमा स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई प्रहरीले पक्राउ समेत गरेको छ।

धनुषा प्रहरीका प्रवक्ता एवम् डिएसपी रञ्जन अवाका अनुसार बुधवार राती तीनैजना रोजा सकेपछि गाउँभन्दा केहि दूरीमा रहेको आँपको बगैंचामा बियर खान गएका थिए। त्यहाँ बियरको पैसा तिर्ने विषयमा कैफको मोबाइलमा रहेको भिडियो विषयमा झगडा परेपछि सहमत र जाकिस मिलेर कैफको घाँटीमा चक्कु प्रहार गरेर घाइते बनाइएका थिए।

घाँटीमा चक्कु प्रहार गरेपछि गम्भीर घाइते भएपछि नदाफलाई उपचारका लागि भारततर्फ लगिएकोमा उनको उपचारको क्रममा राति २ बजे मृत्यु भएको प्रहरीले बताएको छ।

अहिले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता अवाले बताए।

प्रकाशित: ८ चैत्र २०८० ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App