७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

गृह मन्त्रालयले गर्‍यो ११ जना सिडिओसहित २२ जनाको सरुवा (सूचिसहित)

फेरिए अध्यागमनका महानिर्देशक, निरौलालाई पठाइयो

गृह मन्त्रालयले ११ वटा जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको सरुवा गरेको छ।

संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, धनुषामा रामराज कडरिया, खोटाङमा  शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मिना अर्याल, ताप्लेजुङमा रवीन्द्र आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ।

त्यस्तै ओखलढुङ्गामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ।

मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ। त्यस्तै गोगनबहादुर हमाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएको छ। 

प्रकाशित: ६ चैत्र २०८० १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App