१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सहकारीले पैसा फिर्ता नगरेपछि बचतकर्ताले लगाए ताला

कोहलपुरस्थित मेघा बचत तथा ऋण सहकारी संस्थामा तालाबन्दी गरिएको छ। बचत गरेको पैसा नदिएको भन्दै यहाँका बचतकर्ताहरुले उक्त सहकारी संस्थामा तालाबन्दी गरेका हुन्।

सहकारीले भोलि-भोलि भन्दै पैसा दिन आलटाल गरिरहेको बचतकर्ता बताउँछन्। बचत गरेको पैसा डुब्न थालेको भन्दै बचतकर्ता चिन्तित छन्। उनीहरुले तीन महिनादेखि अध्यक्ष सम्पर्कविहीन भएको सुनाए। अध्यक्षले आफूहरुसँग छलफल गरेपछि मात्र ताला खुल्ने उनीहरूको अडान छ।

करिब डेढ वर्षदेखि सहकारीमा जम्मा गरेको पैसा निकाल्न खोज्दा सहकारीले नदिएको कोहलपुरकी बिरामी शाहले बताइन्। ‘एक लाख जति पैसा सहकारीमा छ,’ उनले भनिन्, ‘तर, दुई महिनादेखि निकाल्न खोज्दा सहकारीले पैसा दिएको छैन।’ उनी जुत्ता चप्पल सिलाउने काम गर्छिन्। ‘घरबाट पैसा चोरी होला भनेर थोरै थोरै पैसा सहकारीमा जम्मा गरेको थिएँ,’ उनी भन्छिन्, ‘समस्या पर्दा घर खर्च चलाउनलाई पैसा जम्मा गरेको हुँ।’

यता अध्यक्ष शिवले भने अहिले तरलतासँग जुधिरहेकाले बचतकर्ताको पैसा फिर्ता गर्न समस्या भएको बताएका छन्।

‘तरलतासँग जुधिरहँदा पैसा फिर्ता गर्न सजिलो छैन,’ उनले भने, ‘समस्या परेका बेला यसरी बचतकर्ता आउँदा झन् त्रसित र आतङ्कितको अवस्था सिर्जना भएको छ।’ वैशाख १५ गतेसम्म बचतकर्ताको पैसा फिर्ता गर्ने भने पनि बचतकर्ताले नमानेको उनी बताउँछन्।

प्रकाशित: ५ चैत्र २०८० २०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App