१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

लमजुङमा एक वृद्ध मृत फेला

लमजुङको मध्यनेपाल नगरपालिका-४ चौतारामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। सोही ठाउँ बस्ने ७५ वर्षीय बुद्धि बहादुर मगराती मृत भेटिएका हुन्। 

बिहीबार बिहान करिब ६ बजेको समयमा स्थानीयले उनलाई श्यामाबारी स्थित खेतको चौतारामा मृत अवस्थामा देखेका थिए। लगतै इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले टोलीले घटनाबारे प्रारम्भिक अनुसन्धान थालेको थियो।

इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार मगराती बुधबार दिउँसो ११ बजेको समयमा दुईपिपले बजार गएका थिए। साँझ घर फर्किने क्रममा चौतारामा लडेर उनको मृत्यु भएको हुनसक्ने उनकाे अनुमान छ। मगरातीले मादक पदार्थ सेवन गर्ने गरेकाे प्रारम्भिक अनुसन्धानबाट देखिएकाे उनले बताए।

मगरातीको शव पोस्टमार्टमका लागि तनहुँको दमौली पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

प्रकाशित: १ चैत्र २०८० १५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App