२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सहकारी पीडितहरूको प्रदर्शनले उपत्यकाको ट्राफिक अस्तव्यस्त

सहकारी पीडितहरूको प्रदर्शनले गर्दा उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको छन्। रिङरोड भित्रका विभिन्न सहरी क्षेत्रमा यातायात अवरुद्ध भएको छ।

बिहीबार सहकारी पीडितहरूले बिहान ११ बजेदेखि सहरका विभिन्न पाँच स्थानमा बाट विरोध र्‍याली निकालेका छन्।

उपत्यका ट्राफिक कार्यालयका अनुसार ती विभिन्न स्थानबाट निकालिएका र्‍यालीमा सहभागीहरू कामठाडौंको भृकुटीमण्डपस्थित कार्यक्रममा सहभागी हुन जाने क्रममा काठमाडौँ मध्य क्षेत्र रत्नपार्क वरपरको यातायात अवरुद्ध भएको छ।

कार्यालयका उपत्यकाका जावलाखेल, कालीमाटी, शंखपार्क , बिजी मल र सिफलबाट यतिबेला र्‍याली भइरहेको छ। जसका कारण र्‍याली भइरहेको स्थानमा  सवारी साधन सञ्चालनमा प्रभाव परेको छ। यस्तै काठमाडौँको सुन्धाराबाट भोटेवहाल र खिचापोखरी जाने र आउने सवारी साधन प्रभावित भएका छन्। राजनीतिक कार्यक्रमका लागि सुन्धारा चोकमै स्टेज बनाउने कार्य भइरहेका कारण सवारी आवागमन प्रभावित भएको हो।

यसबाहेक उपत्यकाका अन्य मुख्य चोकहरूमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको छ।

उता ललितपुरको भट्टेडाँडा–बगुवाक्षेत्र सडक खण्डमा आजबाट सडक मर्मत र विस्तारको कार्य सुरु भएको छ। जसका कारण भट्टेडाँडाबाट हेटौँडा जाने र आउने सवारी साधनलाई बिहान १० बजेदेखी साँझ ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ। फर्पिङ नाकाबाट फाखेल र सिस्नेरी हुँदै हेटौडा जाने बाटो पनि मर्मत भइरहेका कारण सवारी आवत जावतमा रोक लगाइएको छ।

प्रकाशित: १ चैत्र २०८० १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App