१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

युएसएआईडीद्वारा नेपालमा कुखुरापालन परियोजना

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले आज लुम्बिनी प्रदेशको बुटवलमा कुखुरापालन परियोजनाका लागि साझेदारीको शुभारम्भ गरेको छ।

नेपाली कम्पनी श्रीनगर एग्रीटेकद्वारा कार्यान्वयन गरिने २० लाख अमेरिकी डलरको तीन वर्षीय युएसएआईडी परियोजनाले कुखुरापालन बजार प्रणालीलाई बलियो बनाउनुका साथै सात हजार साना किसान तथा व्यवसायहरूको आयमा वृद्धि गर्ने युएसएआईडीले विश्वास लिएको छ।

कुखुरापालन उद्योगले व्यापक आर्थिक वृद्धिलाई चलायमान बनाउँदै अत्यावश्यक रोजगारी, आय, खाद्य सुरक्षा र पोषण प्रदान गर्ने भएकाले नेपालमा यो उद्योग महत्त्वपूर्ण छ।

युएसएआईडी नेपालका कार्यवाहक निर्देशक कारेन वेल्शले भने यस परियोजनाले नेपालको कृषि क्षेत्रको रूपान्तरणकारी वृद्धिका लागि निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गर्ने बताए।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेललगायत अन्य व्यक्तिहरूको उपस्थितिमा भएकाे उक्त कार्यक्रममा उत्कृष्ट करार कृषकको उच्च कदर गर्नुका साथै युएसएआईडीद्वारा परियोजनामार्फत कुखुरापालन किसान तथा व्यवसायका लागि उपलब्ध उन्नत सेवाको प्रदर्शन गरिएको थियो।

सन् २०११ देखि हालसम्म युएसएआईडीले १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरी आठ लाखभन्दा धेरै नेपालीहरूलाई सुधारिएको कृषि उत्पादकत्व र बढेको बिक्रीमार्फत आयआर्जन वृद्धि गर्न सहयोग पुर्‍याएको छ।

प्रकाशित: ३० फाल्गुन २०८० २०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App