१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गणेश देउवा हत्याका दोषी धामी पक्राउ

गणेश देउवा हत्यामा दोषी ठहरिएका राजेन्द्रसिंह धामीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार देउवाकाे हत्यामा दोषी ठहर भइ फरार रहेका धामीलाई प्रहरीले गाजँरी बजारबाट पक्राउ गरेको हो।

धामीलाई प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले मङ्गलवार साँझ गाजँरी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए।

२०७१ वैशाख ३० गते डडेल्धुराको रुवाखोलामा विवाहका क्रममा झगडा हुँदा गणेश देउवाको मृत्यु भएको थियो। उक्त घटनामा धामीलाई दोषी देखाउँदै जिल्ला अदालत बैतडीले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय ठहर गरेको थियो।

पक्राउ परेका धामीलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखेको र जिल्ला अदालत बैतडीमा  बुझाउने  तयारी  भइरहेको जोशीले बताए।

प्रकाशित: ३० फाल्गुन २०८० १५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App