२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

अवैध संरचना भत्काउन खोज्दा ढुङ्गा हानाहान, डोजर अपरेटर घाइते

वीरेन्द्रनगरमा अवैध संरचना भत्काउन गएको डोजरलाई सुरक्षा दिदैं प्रहरी । अवैध सटरहरू खाली गर्दै व्यवसायी। तस्बिर: गोविन्द केसी/नागरिक

सुर्खेत नगर विकास समितिको जग्गामा बनाइएका घर टहरा भत्काउन खोज्दा ढुङ्गा हानाहान भएको छ। वीरेन्द्रनगर नगर पालिकाले डोजर लगेर घण्टाघर लाइनमा व्यापारिक सटर भत्काउन थालेसँगै व्यवसायीहरुले अन्धाधुन्दा ढुङ्गा प्रहार गरेका हुन्। 

ढुङ्गा प्रहारबाट डोजरको सिसाहरू फुटेको र अपरेटर घाइते भएको जनाइएको छ। केही स्थानीय व्यापारीहरू पनि सामान्य घाइते भएका छन्। नगरपालिकामा कार्यरत कर्मचारीहरूसहित डोजर सटर भत्काउन बुधवार मध्यान्ह घण्टाघर लाइन पुगेको थियो। डोजरलाई प्रहरीले सुरक्षा दिएका छन्।

व्यापारीहरूले आफ्नो सामान हटाउन थालेका छन्। अव सटर खाली भएपछि डोजर चलाउने तयारी भएको जनाइएको छ। प्रशासनले सुरक्षा व्यवस्था नमिलाएका कारण डोजरमा क्षति भएको आरोप समेत लागेको छ।

तर, सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सुरक्षा व्यवस्था कडा भएको प्रतिक्रिया दिए। ‘डोजर चलेको ठाउँमा सुरक्षाकर्मी खटिएका छन्।’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी आचार्यले भने, सटर भत्काउँदा ढुङ्गा खसेर डोजरको सिसा फुटेको होला। अरु अनुसन्धान हामी गर्दैछौं।’ यस अघि नगर विकास समितिले सटर खाली गर्न ३५ दिने सूचना पटक पटक निकालिसकेको छ। 

प्रकाशित: ३० फाल्गुन २०८० १४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App