१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गुलाब दिवसमा जोन्टा क्लबद्वारा १० जना महिला सम्मानित

जोन्टा क्लब काठमाण्डौँले अन्तर्राष्ट्रिय महिला दिवस र ‘पहेँला गुलाब दिवस’का अवसरमा विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूलाई पुरस्कृत गरेको छ।

मंगलबार आयोजित ‘पहेँला गुलाब दिवस’को कार्यक्रममा जोन्टा क्लब काठमाडौँले ती महिलालाई पुरस्कृत गरेको हो। 

महिला अभियन्ता बन्दना राणालाई राजकुमारी हेलेन शाह प्रेरणादायक महिला वर्ष पुरस्कार २०२४ प्रदान गरिएको छ। यसै गरी काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई अमर राणा गेम चेन्जर पुरस्कार, सरिस्मा बस्नेत र प्रेरणा सापकोटालाई ज्योति छात्रवृत्ति पुरस्कार प्रदान गरिएको छ। यसै गरी खुसि श्रेष्ठ र दीप्ति गौतमलाई इन्द्रकला छात्रवृत्ति पुरस्कार प्रदान गरिएको छ।

यसै गरी समाजमा राम्रो काम गरिरहेका तर चर्चामा नरहेका महिलाहरूलाई पनि सम्मान गरिएको छ। यसरी सम्मानित हुनेहरूमा मैया श्रेष्ठ (फोटोग्राफर), सुनिता कोइराला (बाइक मेक्यानिक) यशोधरा थापा ९पाइलट प्रशिक्षक० र रजनी श्रेष्ठ (बडीविल्डर) छन्। साथै हिंसा भोग्न बाध्यहरूलाई कानुनी सेवा प्रदान गर्ने वकिलहरूको पहिचान गरेर सम्मान पनि गरेको छ।

‘महिलामा गरिएको लगानी, उत्कृष्ट विश्वका निम्ति गरिएको लगानी हो’,  भन्नुहुन्छ, आबा शाह, जोन्टा क्लब, काठमाडौँका प्रमुख आबा शाहले भनिन, ‘यस वर्ष हामीले आ–आफ्ना क्षेत्रमा अविस्मरणीय छाप छोडेका १० अत्यन्त उत्कृष्ट महिलाहरूलाई सम्मानित गर्न पाउँदा अत्यन्तै गौरवान्वित छौँ, जसले युवतीहरू र महिलाहरूलाई आफ्ना सपना पूरा गर्न थप अग्रसर हुने हौसला प्रदान गर्नेछ।’

क्लबले विभिन्न प्रशिक्षणका कार्यक्रमहरूद्वारा महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउने, तिनका कौशल र क्षमता बढाउने गोष्ठी, कार्यशाला र सेमिनारहरू आयोजन गर्दै लैङ्गिक समानता र समतालाई प्रोत्साहन गर्दै आएको छ।

जोन्टाका सदस्यहरू स्थानीय र राष्ट्रिय स्तरमा लैङ्गिक हिंसाको अन्त्य, समान पारिश्रमिक, पुरुष–नियन्त्रित क्षेत्रमा लैङ्गिक अन्तरलाइ कम गर्दै अन्य थुप्रै काम गर्ने बारेमा जागरूकता र अभिवृत्तिका प्रयासहरूमा सहभागी हुन्छन्।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस ’लैङ्गिक समावेशितालाई प्रेरित गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ। 

प्रकाशित: २९ फाल्गुन २०८० १८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App