१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

अस्पतालमै यौन दुर्व्यवहार

बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का १० कर्मचारीमध्ये कम्तीमा एकजनाले यौन दुर्व्यवहार भोग्ने गरेको हालैको सर्भेमा देखिएको छ। गत वर्ष भएको सर्भेले यो परिणाम देखाएपछि दुर्व्यवहार रोक्न सम्बन्धित निकायले गम्भीर कदम चाल्नुपर्ने एनएचएसले जनाएको छ।

गत वर्ष ५८ हजार एनएचएस कर्मचारीले आफूमाथि यौन दुव्र्यवहार भएको भनी गुनासो गरेका थिए। बेलायतभर एनएचएसको ६ लाख ७५ हजार एक सय ४० कर्मचारी छन्।

यस्तो सर्भे हरेक वर्ष हुने गरेको छ। यस्तो दुव्र्यवहार प्रायः बिरामी, बिरामीका आफन्त तथा सर्वसाधारणले गर्ने गरेको देखिएको छ। त्यसो त आफ्नै सहकर्मीबाट पनि कम्तीमा ३.८ प्रतिशत कर्मचारी (२६ हजार) प्रताडित हुने गरेको देखिएको छ।

खासगरी एम्बुलेन्सका कामदारहरू २७ प्रतिशत यौन दुर्व्यवहार खप्छन्। तीमध्ये नौ प्रतिशत चाहिँ आफ्नै साथीहरू दुव्र्यवहारी हुने बताइएको छ।

एनएचएसले कार्यालयमा हुने यस्ता दुव्र्यवहार रोक्न र आफ्ना कर्मचारीको सुरक्षाका लागि नयाँ कानुन बनाएर दुर्व्यवहारीहरूलाई तह लगाउनुपर्ने मत जाहेर गरेको छ। यसका साथै एनएचएसले पनि कर्मचारीहरूले आफू जिम्मेवार रहेर व्यवहार गर्न र उचित कदम चाल्न पनि सुझाएको छ। कार्यस्थलमा हुने दुव्र्यवहारका लागि तुरुन्तै प्रतिक्रिया नदिने स्वभावका कारण यो क्रमशः बढ्दै गएको एनएचएसले बताएको छ।

यस्तो दुर्व्यवहार रोक्न सन् २०१० मा पनि नयाँ कानुन बनाउने प्रयास भएको थियो। तीन वर्षपछि कतिपय व्यापार समूहले यो कानुनले कार्यस्थलमा भएका ससाना कुराहरूलाई पनि ठूलो मुद्दा बनाउने र यसले व्यापारमा ठूलो ह्रास आउने देखिएकाले कानुन नबनाउन दबाब दिएको थियो।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २९ फाल्गुन २०८० ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App