१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

कवाड खाना जस्तै देखिन्छ प्रहरी कार्यालय !

वर्षौंदेखि स्पष्ट रेकर्डसमेत नराखिएका करोडौं सवारी साधन प्रहरी थानमा थन्किएका छन्। कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन्। तर ती सवारीसाधनको प्रयोग भएको छैन।

कवाडीको रुपमा हजारौँ सवारीसाधनहरु प्रहरी कार्यालयमा थुपारिएको देख्न सकिन्छ। थुपारिएका ठाउँमा कुन र कति सवारीसाधन थुपारिएका छन् भन्ने तथ्यांक सम्बन्धित कार्यालयसँग छैन।

कतिपय सवारी साधनको मुद्दा समयमा किनारा लागेको छैन भने किनारा लागेका मुद्दामा पनि बरामद सामानबारे कुनै उल्लेख नहुँदा बहुमूल्य सम्पत्ति खेर गइरहेको छ।

वर्षौँदेखि थन्किएका सवारी साधन केही टुटेफुटेका मोटरसाइकल मर्मतपछि प्रयोग गर्न सक्ने अवस्थाका पनि छन्। तर वर्षौँदेखि त्यसरी बेवारिसे अवस्थामा रहेका सवारीसाधनप्रति सवारी धनी र प्रहरीको समेत चासो नहुँदा त्यसै ‘कवाडी’ बन्दै गएका छन्।

काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका विभिन्न प्रहरी इकाईमा यस्ता सवारी साधनको चाङ देखिन्छ। यी सवारीसाधन ट्राफिक प्रहरीले विभिन्न कारबाही गरेर कार्यालयमा ल्याएका हुन्। तर कारबाहीपछि सवारी धनी लिन नआउँदा यस्ता सवारीसाधन दिनप्रतिदिन कवाडी बन्दै गएका छन्।

ट्राफिक प्रहरी कार्यालयले दैनिक विभिन्न कसुरमा कारबाही गरेकामध्ये मापसे गरेर कागजपत्र नभएका सवारीसाधनलाई होल्ड गर्छ। यसरी होल्ड भएका सवारी साधन भोलिपल्ट वा कुनै दिन सवारी धनीले आवश्यक कागजपत्र पुर्‍याएर आफ्नो सवारी फिर्ता लग्न सक्छन्। तर केही मानिस यस्ता साधन फिर्ता लिनै आउँदैनन्। जसले गर्दा दिनप्रति दिन प्रहरी हातामा सवारीको चाङ लाग्दै गएको छ। चाङ लागेका सवारी साधन देख्दा प्रहरी कार्यालय नै हो वा कवाड खाना ? एकछिन सोच्न बाध्य बनाउँछ।

न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका प्रहरी कार्यालयमा थन्किएका सवारी साधनहरु।

प्रकाशित: २६ फाल्गुन २०८० १५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App