२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बागमती प्रदेशसभा बैठक मंगलबार

बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक फागुन २९ गते अपराह्न ३ बजे बस्ने भएको छ।

यही फागुन १७ गते प्रदेशसभा बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट प्राप्त प्रतिवेदनलाई फागुन २९ गते अपराह्न १ बजे बस्ने कार्य परामर्श व्यवस्थापन समितिको बैठकमा पेस गर्न कार्यसूची तयार गरिने प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

यसैगरी, प्रदेशसभा सचिवालयमा आइतबार अपराह्न १ बजे बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठक बस्ने र बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का मुख्य सचिव, अर्थसचिव, कानुन सचिव र अर्थविद्सँग प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको २०८०-०८१ को बजेटको विनियोजित सम्बन्धमा सरकार र प्रतिपक्षबीच भएको सम्बन्धमा कार्यान्वयन गर्न कानुनी अड्चनबारे छलफल हुने विशेष समितिका संयोजक गोविन्दप्रसाद लम्सालले बताए।

प्रकाशित: २६ फाल्गुन २०८० १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App