२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

करेन्ट लागेर दुई जनाको मृत्यु

कालिकोटको नरहरिनाथ गाउँपालिका ८ कालढुगामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नरहरिनाथ-८ वर्ष ४३ का केशव थापा र वर्ष २७ का गंग थापा रहेको वडा नं. ९ का अध्यक्ष प्रदिप बोहराले बताए।

पुरानो गाडेको पोल उखेल्ने क्रममा पुरानो पोलले नयाँ विद्युत लाइन छुँदा घटना भएको हो। उक्त स्थानमा छ महिना अगाडि नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रले ११ हजार भोल्टलाइन पुर्‍याएको थियो।

केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंग कृषक हुन्। बिजुलीको पोल व्यवस्थित नगरिएकाले  ज्यान गएको मंगलासैनी माविका शिक्षक पंखबहादुर विष्टले बताए। घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख पोषण थापाले बताए।

प्रकाशित: २६ फाल्गुन २०८० १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App