१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ओरिएन्टल इन्स्योरेन्सद्वारा जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग

दि ओरिएन्टल इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। जसमध्ये १० लाख रूपैयाँ जाजरकोट भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १० लाख रूपैयाँ समता शैक्षिक गुठीमा प्रदान गरिएको छ।

रकम वितरण कार्यक्रममा कम्पनीको केन्द्रीय कार्यालय दिल्लीबाट आएका कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक आरआर सिंह तथा भम्रण टोलीमा संलग्न महाप्रबन्धक रेखा मोहन्ती ठाकुर र यस कम्पनीका नेपालस्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत टी. चक्रवर्तीले उक्त रकम बराबरका चेकहरू हस्तान्तरण गरेका हुन्।

हाल कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशकलगायत उच्च पदस्त पदाधिकारीहरू फागुन २२ देखि फागुन २४ सम्म नेपाल कार्यालयको भ्रमण रहेको र उक्त भ्रमणको मुख्य उद्देश्य नेपालमा बिमा व्यवसायको विकास, विस्तार तथा सामाजिक उत्तरदायित्वमा योगदान प्रदान गर्ने रहेको जनाइएको छ। भ्रमणका क्रममा अध्यक्ष तथा प्रबन्ध निर्देशक आरआर सिंहबाट कम्पनीद्वारा बजारमा ल्याइएको युवा लक्षित नयाँ बिमालेखको बिक्री सुरु गरे।

दि ओरिएन्टल नयाँ दिल्लीको शाखा कार्यालयको रूपमा नेपालमा २०२४ सालमा स्थापना भएको हो। कम्पनीले नेपालमा शाखा विस्तार गरेदेखि स्थानीय आवश्यकताअनुुसार सम्पत्ति, मोटर, मेरिन, इन्जिनियरिङ, व्यक्तिगत दुर्घटना, स्वास्थ्य बिमालगायत ठुलाठुला उद्योग, कलकारखाना पुल, जलविद्युतजस्ता संरचनाको प्रत्यक्ष बिमा गर्ने तथा नेपालस्थित स्थानीय बिमा कम्पनीहरूसँग पुनर्बिमामा समेत सहकार्य गर्दै आइरहेको जनाइएको छ।

प्रकाशित: २६ फाल्गुन २०८० १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App