२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु

भक्तपुरमा मादकपदार्थ सेवन गरी पतिको कुटाइबाट पत्नीको मृत्यु भएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेल पीपलबोटनजिकै बस्ने मनोजकुमार बुढाथोकीका घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ घर भएका सन्तोष भुजेलले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती पवित्रा राईलाई कुटपिट गर्दा मृत्यु भएको छ।

कुटपिटपछि गम्भीर घाइते भई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरीपरिसर भक्तपुरले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए।

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धानका लागि अधिकृतसहितको टोली खटिएको जनाइएको छ। घटनामा संलग्न सन्तोष भुजेललाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ फाल्गुन २०८० १२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App