२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दृष्टिविहीनकी दृष्टि

उनी आफैं दृष्टिविहीन हुन् तर उनी मुलुकभरका दृष्टिविहीनको सहारा बनेकी छन्। १६ वर्षको उमेरमा आँखाको ज्योति गुमाएकी भक्तपुरकी सृष्टि केसी अहिले सम्पूर्ण दृष्टिविहीनका आँखाको नानी बनेकी छिन्।  

दृष्टिविहीनलाई सेतो छडी र ब्रेललिपि धेरैले दिँदै आएका थिए तर उनले दृष्टिविहीनलाई उत्साह र सिपको सहारा दिँदैछिन्। निरास उनीहरूलाई जागरुक बनाउने अभियानमा छिन्। दृष्टिविहीन पनि नाच्न सक्छन् भन्दै नृत्य सिकाउन तल्लीन छिन्। आफूले नदेखे पनि अरूले देख्नेछन् भनेर राम्री बन्न सिकाएकी छन्। दृष्टिविहीनले भोग्दै आएको निरस जीवनलाई उनले उमङ्गपूर्ण बनाउन सिकाइन्। यसका लागि उनले सन् २०१४ मा ‘ब्लाइन्ड रक्स’ नामक संस्था पनि खोलिन्।  

‘मोटिभेसनल स्पिकर’का रूपमा अन्तर्राष्ट्रिय स्तरमै नाम कमाएकी सृष्टिले हिम्मत नहारे जस्तोसुकै कठिन परिस्थितिबाट पनि अगाडि बढ्न सक्ने बताउँछिन्। भक्तपुरकी सृष्टिले एसएलसी परीक्षा दिएलगत्तै २०६५ सालमा आँखा देख्न छाडेकी हुन्। आँखा गुमाएपछिका जीवनका हरेक परीक्षामा प्रथम हुँदै आएको उनले सुनाइन। २०६९ सालमा पनि नेपाली साहित्यमा टियु टप गरेर स्नातक पूरा गरिन्। ‘बरु म आँखा देख्दा कहिल्यै ‘फस्र्ट’ भइनँ,’ उनले भनिन्, ‘तर दृष्टिविहीन भएपछि कहिल्यै सेकेन्ड हुनुपरेन।’  

सन् २०१५ मा युरोपेली महासंघको नियमित कोटाबाट उनी ‘कोरियोमन्ड्स इन्टरनेसनल जाइन्ट्स मास्टर्स डिग्री इन डान्स एन्थ्रोपोलिजिका’ गरिन्। यो कोर्स गर्ने उनी विश्वको पहिलो र एक मात्र  दृष्टिविहीन हुन्।  

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

प्रकाशित: २५ फाल्गुन २०८० १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App