१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

आइटीकी आशा

ललितपुरको लामाटारमा जन्मेकी ३० वर्षीय आस्था शर्मा आइटी पेसामा संलग्न छिन्। पाँच वर्षअघि कम्युनिकेसन एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरको पढाइ सकेलगत्तै ‘कोड रस’ नामक आइटी कम्पनी खोलिन्। यो कम्पनीमार्फत उनले यो व्यवसायमा छुट्टै आयाम थपेकी छन्। पढाइसकेका विद्यार्थीलाई दक्ष जनशक्तिमा रूपान्तरण गर्नु।

पछिल्लो समय आइटी इन्जिनियरको अध्ययनसँगै जनशक्ति उत्पादन सोही रूपमा भएको छ। उत्पादित सबै जनशक्तिका लागि देशमा अवसर छैन।

यो जनशक्ति धेरै संख्यामा विदेश जाने क्रम छ। तर नेपालमा अध्ययन सक्नेबित्तिकै तालिमबिना विदेश गएका आइटी इन्जिनियरहरू अन्तर्राष्ट्रिय बजारमा दक्ष भइसकेका हुँदैनन्। त्यही जनशक्तिलाई दक्ष बनाउन शर्माको कम्पनीले तीन वर्षदेखि काम गरिरहेको छ।

यस अवधिमा एक हजार जनालाई तालिम दिइसकेको छ। शर्माले भविष्यमा नयाँ पुस्तालाई विदेश नगईकन स्वेदशमै अन्तर्राष्ट्रिय स्तरको रोजगारी सिर्जना गर्ने गरी आइटी क्षेत्रमा काम गरिरहेकी छन्।

 

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

 

प्रकाशित: २५ फाल्गुन २०८० १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App